अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक १२ गते
भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ९६५ संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख ९०हजार ३२२ पुगेको छ ।

भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २० हजार ५४ पुगेको छ । कोरोना प्रभावित देशको सूचीको दोस्रो स्थानमा रहेको भारतमा पछिल्लो २४ घण्टामा ५१९ जनाको मृत्यु भएको थियो ।

विश्वमा कोरोना संक्रमितको संख्या चार करोड, ४२ लाख ८५ हजार ७४ पुगेको छ । जस मध्ये ११ लाख ७२ हजार १३६ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये ३ करोड २४ लाख ६७हजार १८१संक्रमण मुक्त भएका छन् । एक करोड ६ हजार सक्रिय संक्रमित छन् ।