इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरान द्धारा आक्रमण

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता, पौष २३ गते।

अमेरिकाले गरेको हवाई आक्रमणमा ईरानका सैन्य प्रमुखक कासिम सुलेमानी मारिएपछि अमेरिका–ईरान तनाव उत्कर्षमा पुगेको छ ।अमेरिकी आक्रमणको गतिलो जवाफ दिँदै ईरानले इराकमा रहेको दुई वटा अमेरिकी सुरक्षा अड्डामा दर्जनभन्दा बढी मिसाइल प्रहार गरेको सञ्चारमाध्यमले जनाएका छन् ।अमेरिकी रक्षा मन्त्रालयले भनेको छ, ‘इराकमा रहेको दुई वटा अमेरिकी सुरक्षा अड्डामा एक दर्जनभन्दा बढी मिसाइल प्रहार भएको छ ।’ईरानी सरकारी सञ्चारमाध्यमहरुले यो आक्रमण सुलेमानीको हत्याको बदला लिन गरिएको बताएका छन् । गएको शुक्रबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बगदादमा ड्रोन आक्रमणमार्फत् सुलेमानीको हत्या गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *