टर्कीमा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प जाँदा सातजनाको मृत्यु , पाँचजना घाइते

अनलाईन न्युजपाटी,एजेन्सी ,समाचारदादाता,फागुन ११ गते।

टर्कीको दक्षिणपूर्वी क्षेत्रमा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प जाँदा सातजनाको मृत्यु भएको छ ।पाँचजना घाइते भएका छन् । इरानसँग जोडिएको सीमाक्षेत्रमा भूकम्पको धक्का महशुस भएको हो । आइतबारको यस घटनापछि गृहमन्त्रीले भूकम्प प्रभावित क्षेत्रमा उद्धारकर्मी पठाइएको जनाएका छन् ।भूकम्पबाट भौतिक संरचना भत्किनुका साथै केही हताहत भएको बताइएको छ । मन्त्री सुलेमन सोयलीका अनुसार एक हजार ६६ जति भौतिक संचरना भत्किएका छन् । स्थानीय टेलिभिजनले भूकम्पबाट उद्धार गरिँदै गरिएका भिजुअल फूटेज सार्वजनिक गरेका छन् ।अधिकारीहरुका अनुसार इरानमा पनि भूकम्पको असर परेको छ । तर क्षतिको विवरण यकिन भइसकेको छैन । भूकम्पबाट टर्कीमा कम्तिमा ४३ वटा गाउँ प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *