अनलाईन न्युजपाटी,एजेन्सी समाचारदाता ,चैत्र २८ गते।
स्वास्थ्यमा क्रमिक सुधार पछि ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षबाट बाहिर निकालिएको तर उनी अस्पतालमै रहने अस्पताल श्रोतले जनाएको छ।
कोरोनाभाइरसको सङ्क्रमण देखिएका जोनसन गत आइतवारदेखि लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा उपचार गराइरहेका छन्। बिहीवार साँझ सघन उपचार कक्षबाट वार्डमा सारिएको र त्यहाँ उनलाई डाक्टरहरूले निकटमा रहेर निगरानी गर्ने जनाएको छ।
कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि गत आइतवार प्रधानमन्त्री जोनसनलाई अस्पताल पुर्याइएको थियो र त्यसको भोलिपल्ट उनलाई सघन उपचार कक्षमा सारिएको थियो। उपचारका क्रममा जोनसनलाई अक्जिसन दिइएको भए पनि भेन्टिलेटरमा भने नराखिएको अस्पतालले जनाएको छ ।