अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ ७ गते
नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी गरेको छ। भूमिव्यवस्था, सहकारी विकास र गरिवी निवारण मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा मन्त्री पद्माकुमारी अर्यालले पहिले छुटेको नेपाली भूमि समेटेर नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा जारी गरिनु ऐतिहासिक भएको बताइन्। यसअघि सरकारले आफ्नो नीति तथा कार्यक्रममा नेपालको अद्यावधिक नक्सा सार्वजनिक गरिने उल्लेख गरेको थियो।”अब सिङ्गो विश्वमा नेपालको मानचित्र बदलिएको छ।

उनले भारतसँग वार्ता गरी सीमा समस्याको समाधान खोज्न नेपाल सरकार तयार रहेको बताइन्। सरकारले बुधवार सार्वजनिक नक्सालाई अबउप्रान्त प्रयोगमा ल्याउन सबैमा अनुरोध गरेको छ। मन्त्रिपरिषद्ले अनुमोदन गरेको दुई दिनपछि नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको हो।