कराचीमा बन्दुकधारीहरूले पाकिस्तान स्टक एक्सचेन्जमा आक्रमण: ७ जनाभन्दा बढीको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असार १५ गते

पाकिस्तानको सबैभन्दा ठूलो शहर कराचीमा रहेको पाकिस्तान स्टक एक्सचेन्ज भवनमा बन्दुकधारी आतंककारीहरुले हमला गरेका छन्। सो हमलामा ७ जनाभन्दा बढी मारिएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। कराचीस्थित सो पाकिस्तान स्टक एक्सचेन्जमा ४ हतियारधारी आतंकवादीहरुले सोमबार बिहान हमला गरेका हुन्। हमलामा एक सब इन्स्पेक्टर र चार सेक्यूरिटी गार्ड पनि मारिएका छन्। जवाफी हमलामा चारैजना आतंकवादी मारिएको बताइएको छ।

हमलाको जिम्मेवारी बलोच लिबरेसन आर्मीले लिएको बताइएको छ। यो एक अफगानिस्तानको उग्रवादी संगठन हो। यसलाई पाकिस्तान, यूके र अमेरिकाले सन २००४ देखि आतकंवादी संस्थाको रुपमा सूचीकरण गरेको थियो। संगठनका प्रमुख फैसल एडीले भने कि उनले दुई आक्रमणकारीको शव देखेका थिए। उनले भने कि सुरक्षा गार्ड सहित तीन घाइतेलाई सिभिल अस्पताल लगिएको छ।सिन्धका अतिरिक्त आईजी गुलाम नबी मेननले बीबीसीलाई बताए कि आक्रमणकारीहरू सिल्भर कोरोला कारमा आए र पुलिसले उनलाई ढोकामै रोके। जहाँ गोलीबारी पनि भएको थियो। उनले भने कि दुई आक्रमणकारीहरू बाहिर फाटकमा मारिए र दुई जना भित्र जान सफल भए तर उनीहरू पनि मारिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *