ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १५ गते।

ज्येष्ठ नागरिकको मासिक भत्ता सरकारले ४ हजार रुपैयाँ पुर्‍याएको छ

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको बताएका हुन् । उनका अनुसार वृद्धा भत्ता वृद्धिसँगै सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको छ। सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको उनले बताए ।

बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ ।

यसअघि सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटले वृद्धभत्ता ३ हजार पुर्‍याएको थियो ।  त्यसअगाडि मासिक २ हजार रुपैयाँ भत्ता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *