अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ८ गते।
कोरोना भाइरस (कोभिड १९) संक्रमणको दोस्रो लहरका कारण स्थगित भएको नेपाली सेनाको भर्ना पक्रिया पुनः सुरु भएको छ।
कोरोना संक्रमणदर केही घटेर स्थिति सहज भएको भन्दै नेपाली सेनाले यसअघि स्थगित भएको भर्ना पक्रिया पुनः सुरु गरिन लागिएको जनाएको छ।

नेपाली सेनाले यही साउन १० गतेदेखि भर्ना पक्रिया पुनः शुरु गर्न लागिएको जनाएको छ।
गत वैशाख ३१ गते स्थगित भएको विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादारको भर्ना प्रक्रिया साउन १० गतेबाट सुरु गरिन लागिएको हो।