सुर्खेतमा जारी निषेधाज्ञा साउन १५ गतेसम्म थपिए

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ८ गते।

सुर्खेतमा जारी निषेधाज्ञा साउन १५ गतेसम्म थप गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । ‘पछिलो समय जिल्लामा कोरोना संक्रमितको दर स्थिर छ, अझैपनि जोखिम कायमै छ, पहिलेको भन्दा केही खुकुलो बनाएर साउन १५ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ,’ प्रजिअले भने ।

निषेधाज्ञाको अवधिमा पुस्तकालय सञ्चालन गर्न अनुमति नदिएको प्रशासनले परीक्षा भने सञ्चालन गर्न सकिने बताएको छ ।

प्रजिअका अनुसार कोभिड–१९ सम्वन्धी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी जिल्लामा सबै तहका परिक्षा सञ्चालन गर्न सकिने छ ।

तर, जनस्वास्थ्यविज्ञहरुले भने कोरोना महामारीको जोखिम कायमै रहेकाले भीडभाड नगर्न भनिरहेका छन् । यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्दा कोरोनाको जोखिम झनै बढ्न सक्ने देखिन्छ ।

यसअघि शनिबार बाहेक हरेक दिन बिहान ६ बजेदेखि २ बजेसम्म खुल्दै आएका पसलहरु अब ६ देखि साँझ ६ बजेसम्म खुल्ने छन् । निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्थाहरु र सरकारी कार्यालयहरु पनि खोल्न पाइनेछ ।

यस्तै खाद्य सामग्रीका पसल, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक, भाँडा पसल, पुस्तक पसल, फेन्सी पसल, वर्कसप पनि सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।

होटल, रेष्टुरेन्ट र खाजा पसल भने कुल क्षमताको ५० प्रतिसत नबढ्ने गरी स्वास्थ्य मापदण्डको पूर्ण पालना सहित खोल्न पाइने प्रशासन जनाएको छ । सैलुन, व्युटी पार्लर, जिमखाना, पुस्तकालय भने पूर्णरुपमा बन्द हुनेछन् ।

प्रशासनले २५ जनाभन्दा बढी व्यक्तिहरु सामेल भएर कार्यक्रमहरु सञ्चालन गर्न नपाइने भनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *