श्रीमान र श्रीमती द्धारा स्कुल लागि सामग्री सहयोग

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, चैत २ गते।

सिरहाको धनगढी माई नगरपालिका १ बाखरको एक मनकारी श्रीमान र श्रीमतीले स्थानीय जनता आधारभुत बिधालयमा करिब लाखौं मुल्य बराबरको सामाग्रीहरु सहयोग गरेका छन।

आफु सुरुवाती शिक्षा तेहि स्कुल बाट अध्यन गरी हाल सि. ए. सम्म अध्यन गर्न सफल भएको छु भन्दै पहिलाको तुलनामा स्कुलको शिक्षा प्रणाली निकै नै खसकिएको अबस्था हेर्दा आफु दुखी भएको छु ।

बुवा बालदेब महतोको मृत्युको सम्झना गरेर स्कुल बालबालिकाहरुको खेलकुदन का सामग्री र दराज किताब लगायत दर्जनौं सामाग्रीहरु सहयोग गरेका छन् । २०४९ सालमा स्थापना भएको स्कुलको अहिले बेथिति नै रहेको उनले दु:ख व्यक्त गरेका छ्न।

स्कुलमा राजनीतिको अडा जमाएर बसेका अभिवाकहरुलाई समाज सेबि बिनोद राज सिंह र श्रीमती प्रतीक्षा श्रेष्ठले आग्रह गरेका थिए।स्थानीय अभिभावक जवाहर पासमान को अध्यक्षतामा कार्यक्रम भएको थियो भने प्रमुख अतिथिमा धनगढीमाई नगर पालिका का वडा नम्बर १ का अध्यक्ष सुर्य नारायण महतो का अनुसार स्कुलमा बाहिरको ब्यक्ती होइन घर नजिकैका अभिभावकहरुले स्कुलमा राजनीतिको अडा बनाएको अध्यक्ष महतो ले बताए।

आफुले स्कुलको सुधादा सुधार्दा दिक्क भई सकेको छु यो स्कुलमा खास गरेर दलितको बालबालिकाहरु पठन पाठन गर्ने गरेको छ उक्त ठाँउ भनेको गरीबले भरीएको ठाँउ हो भन्दै बिधालय लाई सुधारने कुनै एक ब्यक्ती बस्को कुरा होईन समाजका सबै जना ले अ आफनो ठाँउ बाट जिम्मेवारी निर्वाह  गर्‍यो भने मात्र बिधालयको सुधार हुने उनले बताउनु भयो ।

बिशिस्ट अतिथि स्कुलका प्रधान अध्यापक बिनोद कुमार साहले भने बिधालय भनेको शिक्षक र बिद्यार्थी बिना चल्ने संस्था होइन विद्यालयमा राजनीति छिरी सकेको स्वीकार गरेका हुन ।

बिकास भने जति भए पनि थोरै नै हुन्छ बताए उक्त स्कुल बाट पढेका विद्यार्थीहरु सि.ए. इन्जिनियर र सरकारी सेवामा कार्यरत रहदा खुशी व्यक्त गरेका थिए।

खाद्य तथा गुण नियन्त्रण कार्यालय बबरमहलमा कार्यरत सहायक प्राविधिक सहयोगी तथा समाज सेबि प्रतिक्षा श्रेष्ठ का अनुसार हामी श्रीमान र श्रीमतीले सहयोग गरेका सामाग्री ले विद्यार्थी भाई बहिनीहरुले आफनो बेस बनाउन सफल हो र उच्च शिक्षा सम्म अध्यन गरोस भने वहाँले सुभकामना दिएका थिए ।

मनकारी युवा बिनोद राज सिंहका अनुसार बिधालय लाई बिसुध शिक्षाको लागि अगाडि बढाउन र नमुना स्कुलको रुपमा सुधार ल्याउन र राजनीति कारण न गर्न आग्रह गरेका हुन्।आफु ले सहयोग गरेका सर सम्मानहरु स्कुल भित्रै हुनु पर्ने बताउनु भयो ।

अतिथिहरुमा बलान बिहुल गाउँ पालिकामा सहाय लेखा पालमा कार्यरत रहेका सोहि स्कुलका पुर्व विद्यार्थी सुभाष कर्णे स्कुलमा बिसुध शिक्षा हुनुपर्छ जोड दिएका थिए । पत्रकार महेश सिंह र सम्भु चौधरीको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

हाल उक्त स्कुल कक्षा ७ सम्म संचालनमा रहेका छन् भने १३५ विद्यार्थी अध्यन रत रहेका छन। ३जना थाई  र १ जना अस्थाई शिक्षक गरी २ जना बाल बिकासका शिक्षिका रहेको प्रधान अध्यापक साह ले जानकारी दिनुभयो । यस्ता समाज सेबि र सहयोगी युवाको हाम्रो समाज खाचो रहेको छ । सहयोगी हातहरुलाई धन्यवाद समेत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *