अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत २ गते।
स्याङजाका एकजना युवक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।
स्याङ्जाको हरिनास गाउँपालिका-७ का ३३ वर्षीय भेलबहादुर थापा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
थापाले बालिकालाई जबरजस्ती करण गरी गर्भवतीसमेत गराएको भनी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख, एसपीले जानकारी दिए ।
थापालाई जबरजस्ती करणी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराइ थप अनुसन्धान गरिरहेको स्याङ्जाका एसपीले बताए ।