प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत २ गते।

प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता हुँदैछ । अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेट तय भएको हो ।

एमाले ब्युँतिएपछि पहिलो पटक ओली र नेपाल औपचारिक छलफलमा बस्न लागेका हुन् ।

पार्टी कार्यालय धुम्बाराहीमा हुने वार्तामा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनेछन्

त्यस्तै नेपाल पक्षबाट झलनाथ खनाल र माधव नेपालसहित अन्य दुई नेता सहभागी हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *