अवैध रूपमा चन्दा उठाई ठगी गरेको आरोपमा ५ जना पोखरामा पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत २ गते।

अवैध रूपमा चन्दा उठाई ठगी गरेको आरोपमा ५ जना पोखरामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर बकैया -१ आहाल डाँडा घर भई पोखरा ९ पृथ्वीचोक बस्ने ४२ वर्षीय छिरिङ भन्ने निमा तामाङ, ६० वर्षीय धन बहादुर लामा, ३५ वर्षीय पदम बहादुर लामा, २६ वर्षीय विजय लामा र ३५ वर्षीय जित बहादुर थिङलाई पक्राउ परेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपीले जानकारी दिनुभयो । उनीहरुलाई चन्दा बापत उठाएको रकम ४२ हजार चार सय ९१ , रसिद ठेली, फाइल र रजिस्टरसहित फागुन २९ गते दिउसो ४ बजे  पक्राउ गरिएको प्रवक्ताले बताउनुभयो ।

लामा पोसाकमा टासी छोग्याल गुम्बा गजुरा -२ कटानी रौतहटको रसिद लिई पोखरा -१ नयाँ गाउँ मितेरी पुल नजिक अवैध रूपमा रकम चन्दा उठाई ठगी गर्दै हिँड्ने ५ जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई ठगी सम्बन्धी कसुर अन्तर्गत अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *