अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत २ गते।
यात्रु तानातान गर्ने ६ जना विचौलियालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमजुङ बेशिसहर ८ का २२ बर्षिय अमृत परियार, चितवन भरतपुर महानगरपालिका १० का ४० वर्षिय बसन्त रानामगर, भरतपुर १२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर ११ का ३२ वर्षीय दिलिप अधिकारी,भरतपुर ४ का २५ बर्षिय रोशन खत्री र कास्की पोखरा महानगरपालिका २६ का २५ वर्षीय निशान तामाङ रहेका छन ।
उनीहरुलाई आइतबार नारायणगढको पुल्चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनिहरुले यात्रु तानातान गर्ने, जथाभावि भाडा माग्ने, यात्रु तथा सवारीसाधनलाई हैरानी पार्ने, अनावश्यक सवारिसाधन रोक्न लगाई आवागमनमा बाधा पार्ने गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपीले जानकारी दिनुभयो ।