बजार अनुगमन टोलीले पसलहरु चेकजाँच गर्ने हल्ला फैलिएपछि जनकपुरधामका अधिकांश पसलहरु बन्द

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,चैत ५ गते।

बिहीबार बजार अनुगमन टोलीले पसलहरु चेकजाँच गर्ने हल्ला फैलिएपछि जनकपुरधामका अधिकांश पसलहरु बन्द भएको देखिएको छ ।

यसअघि पनि महोत्तरीको औरही, गौशाला, जलेश्वरलगातार विभिन्न ठाउँमा चेकजाँचको क्रम तिब्र हुन थालेको भन्दै जनकपुरका व्यापारीहरुले समेत हल्लाको भरमा पसल बन्द गरेको छ ।

जनकपुरधामको पिडारी चोक, भानुचोक, शिवचोक, जानकीचोक, विद्यापति चोक, रामचोक, रामानन्द चोक लगायतका अधिकांश पसलहरु बिहीबार बन्द भएको हो ।

पसलहरु बन्द हुँदा बाहिरबाट किनमेल गर्न आएका ग्राहकलाई सास्ती खेप्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *