आज धनुषामा थपिए ८४ जना कोरोना संक्रमित, २ जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ २३ गते।

आज पछिल्लो २४ घण्टामा धनुषामा ८४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

हाल सम्म सक्रिय संक्रमीतको संख्या १५५६ रहेको छ भने आज धनुषामा निको हुनेमा ८६ जना रहेको तथ्यांकले देखाएको छ ।

त्यसैगरि आज धनुषामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाको तथ्यांकमा उल्लेख छ ।

४०० जना ले पिसिआर परिक्षण गराएकोमा ८४ जनाको रिर्पोट पोजेटिभ आएको तथ्यांकमा उल्लेख छ।

धनुषामा मृत्यु हुनेहरुमा शहिदनगर नगरपालिका ३ यदुकोहा बस्ने वर्ष ३३ का एक पुरुष र धनुषाधाम नगरपालिका ३ बस्ने वर्ष ४५ कि एक महिला रहेको छ भने उनिहरु मध्ये एकजनाको रामजानकी अस्पताल जनकपुरधाम र एकजनाको फुल कुमारी मेमोरियल अस्पताल कर्जन्हा सिरहामा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *