अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ २३ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ३ हजार ४७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ६ लाख १ हजार ६८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिनुभयो ।
अहिलेसम्म निको हुनेको संख्या ४ लाख ९१ हजार ९ जना रहेको प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिएका छन्।
पछिल्लो २४ घण्टामा थप ९९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ८९८ पुगेको छ ।