सशस्त्र प्रहरी बल बिओपी अलौको सक्रियताले १७ वटा भैसी बरामद

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,असार ३ गते।

सशस्त्र प्रहरी बल (बिओपी) अलौले अवैधरुपमा ल्याएको १७ ओटा भैसी पक्राउ गरेको छ।

पर्साको ग्रामीण भेगवाट नाकाहरुवाट तस्करीको उधेशयले अवैध रुपले भारतवाट नेपाल तर्फ भित्राएको भैसी पाडा सशस्त्र प्रहरी बल (बिओपी) अलौले पक्राउ गरेको छ।

सशस्त्र प्रहरीले विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल (बिओपी) अलौका प्रमुख एवम सशस्त्र  प्रहरी निरीक्षक बिष्णु अधिकारीको कमाणडमा खटिएको टोलीले  वीरगंज महानंगरपालीका वडा २६ सुगौलीवाट ५ वटा भैसी , र १२ ओटा पाडा नियन्त्रणमा लिएको छ।

पक्राउ परेका  करिब ३ लाख मुल्य बराबरको  भैसी र पाडा वीरगंज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *