महोत्तरीको सम्सी गाउँपालिकामा लुटेरा समूहको प्रतिकार गर्दा एउटै परिवारका ५ जना घाइते

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असार ३ गते।

महोत्तरीको सम्सी गाउँपालिकामा लुटेरा समूहको प्रतिकार गर्दा एउटै परिवारका ५ जना घाइते भएका छन् ।

समसी गाउँपालिका १ पर्साका विरेन्द्र साहको ज्वेलर्समा गए राति ९/१० जनाको संख्यामा रहेका डाकाको समुहले गोली प्रहार गरी डकैती गरेका छन् ।

डाकाको गोली प्रहारबाट पसल संचालक ५० वर्षीय विरेन्द्र साह गम्भीर घाइते भएका छन् । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि धरान लगिएको छ

यस्तै डाकाहरुको रड र घरेलु हतियार प्रहारबाट साहकी श्रीमती ४५ वर्षीय शुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीय कंचन कुमारी साह, १७ वर्षीय छोरा राजिव साह घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षकले जानकारी दिए ।

उनीहरुको उपचार जनकपुर स्थित प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको प्रहरीले जनाएको छ।

डाकाहरुले चाँदी १७२ तोली (काँचो) करिब २ लाख ३२ हजार बराबरको , सुन ५ तोला (काँचो) करिब ४ लाख ६५ हजारको र नगद २ लाख गरि झण्डै १० लाख रुपैयाँ बराबरको धनमाल लुटेर लगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *