अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार ३ गते।
नेपाली कामदार धेरै भएका देशहरूमा फेरि हवाइ उडान सुरू गर्ने कोरोना व्यवस्थापन निर्देशक समितिले निर्णय गरेको छ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेपाली कामदार धेरै संख्यामा रहेका देशहरूमा पुन: हवाइ उडान सुरू गर्ने निर्णय गरेको हो।
बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाजस्ता देशहरुमा हवाइ उडान पुनः संचालन गर्ने निर्णय गरेको हो।
यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढने गरी हवाइ उडान सञ्चालन हुनेछन्।