अनलाईन न्युजपाटी मोरंग ,समाचारदाता,साउन २२ गते।
मिथिला क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा लोक गाथासँग जोडिएको परम्परागत बिद्यापत नाच लोप हुने अवस्थामा पुगेका छन् ।
मोरंग सुनसरीमा बसोबास गर्ने मधेशी समुदायको संस्कृति र संस्कार बोकेको ऐतिहासिक बिद्यापत नाच लोप हुँदै गएको छ।
मिथिला क्षेत्रमा हुने बैबाहिक कार्यक्रम , पुजापाठ तथा साँस्कृतिक चाडपर्बहरुमा मैथिली लोक कथा सँग सम्बन्धित कार्यक्रमहरुको आयोजना हुने गर्थे तर आजकल पश्चिमी सँस्कृतिको प्रभाब या सुचना र प्रबिधिको क्षेत्रमा भएको परिबर्तनले पसेको अश्लीलताको कारण मिथिलाका धरोहरहरु अन्तको ओरालो लाग्दै गएको छ ।
अहिले यहाँ आयोजना भईरहेको धार्मिक, साँस्कृतिक तथा बैबाहिक जस्तो पबित्र कार्यहरुमा समेत अश्लीलता छाएको छ । आरकेएस्ट्रा र भोजपुरीको अश्लील गीतहरुले बर्तमान युबापिढीलाई नराम्रोसँग असर गरेको पाइन्छ ।
बिगतमा विद्यापत नाचको लोकप्रियता मांग भएता पनि आधुनिकता र आरकेएस्ट्रा र भोजपुरीको अश्लील गीतहरुले बर्तमान यो नाचको अस्तित्व नै संकट मा पर्न थालेका छन्। यद्दपी अहिले पनि कतिले आफ्नो भाकल पुरा भए पछि विद्यापत नाच नचाउने गरेको छ।
विद्यापत नाचमा पुरुषले नै महिलाको भूमिका निर्वाह गर्ने गरेको पाईन्छ । विद्यापत नाच प्रायः जसो गनगाई ,राजबंशी तथा मोरंग सुनसरीमा क्षेत्रमा बस्ने मधेशी समुदायको मूल नाच हो।
यो विद्यापत नाचमा कम्तिमा सात जना देखि नौं जनाको समुह हुन्छ। एक कलाकारले अनलाईन न्युज पाटी संग कुरागर्दै भने यो नाच जोगाउन युवा पुस्ता रुचि बढाउँनको साथ साथै, यो नाच जोगाउन सरकारले प्रोत्साहित गर्नु को साथै पहल गरे यो नाचको मौलिकता बाँची रहन्छ।