अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता,साउन २२ गते।
विश्व चर्चित अटोमोबाइल ब्राण्ड चेरी नेपाली बजारमा भित्रिदै छ । सो कम्पनीले नेपाली बजारको लागि अधिकारिक वितरकको रुपमा शारदाग्रुप अन्तर्गतको एसपिजी अटोमोबाइल्स प्रा. लि. लाई नियुक्त गरेकोछ ।
कम्पनी श्रोतका अनुसार, उक्तगाडी नेपालमा चाँडैनै सञ्चालनमा आउनेछ।चेरीब्राण्डको आधिकारिक बिक्रेता (एसपिजी अटो मोबाइलस प्रा.लि.) अटोमोवाइलस व्यवसाय क्षेत्रमा लामो समय देखि को अनुभवी कम्पनी हो।
यस दुईपक्ष बीचको सहकार्यले स्थानीयबजारको साथै नेपालीअटोमोबाइल क्षेत्रको विकासमा टेवापुग्नेमा कम्पनी विश्वस्तछ।
नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुशरण गर्दै चेरी ब्राण्डइन्टरनेशनलले नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्ने छ।
जनवरी ०८, १९९७ मा स्थापना भएको चेरी ब्राण्ड अटोमोबाइलस कम्पनी लिमिटेडको उत्पादन लाइनबाट पहिलोकारले, 18 डिसेम्बर 1999 बजार प्रवेश गरेको हो।
चेरीब्राण्डले पेसेन्जर, कमर्शियल सवारीसाधनको अतिरिक्त मिनीभ्यान पनि उत्पादन गर्दछ। चेरी ब्रान्डका एसेम्बलर पार्टपूर्जा उत्पादन गर्ने प्लान्ट चीन लगायत विश्वका १५ देश फैलिएको छ।
हाल विश्वबजारमा चेरीब्राण्डका २० भन्दा बढी मोडलहरु बिक्रि भैइरहेको छ भने कम्पनीले सुरक्षा, ऊर्जा बचत, र वातावरण -अनुकूलतालाई ध्यानमा राखि भविष्यमा दर्जन भन्दा बढी मोडलहरु सार्वजनिक गर्ने योजना बनाएको छ ।
चेरी ब्राण्डले क्रमिक रूपमा ISO 9001 रजर्मन TUV Rheinland ISO/TS16949, आदिको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ।
हालसम्म, चेरी ब्राण्डले ८० भन्दा बढी देश र क्षेत्रहरूमा निर्यात गरेको छ। यसले १.८ मिलियन भन्दा बढी संचित निर्यात मात्रा सहित १,५०० भन्दा बढी बिक्री तथा सेवा आउटलेटहरू स्थापना गरेको छ। यो पहिलो पंक्तिमा १८ वर्ष सम्म चीनमा पेसेन्जर गाडीको सबैभन्दा ठूलो निर्यातकर्ता रहेको छ।