अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता,साउन ३० गते।
धनुषाको बटेश्वर गाउँपाकिला २ भुचक्रपुर स्थित श्रीजन प्रिय माध्यमिक विद्यालयबाट चोरी भएको कम्युटरसहित तीनजना पक्राउ परेका छन् ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ४ बटेश्वर बजार स्थित प्रमोद महतोको घरमा चोरी भएको विद्यालयको १८ वटा कम्प्युटर बिहीबार साँझ फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टरले जानकारी दिए ।
उनका अनुसार १८ वटा कम्प्युटर र एउटा प्रोजेक्टर महतोको घरबाट फेला परेको हो । अन्य कम्प्युटरहरु खोजने काम जारी रहेको छ । चोरी घटनामा संलग्न घरधनी महतोसहित तीनजना पक्राउ परेका छन् ।
अन्य दुईजना पक्राउ पर्नेमा बटेश्वर बजारकै बुधन महतो र मिथिला नगरपालिका ८ कुसुमविसौनाका रामप्रकाश महतो रहेको प्रहरीले जनाएको छ ।
फेला परेको कम्प्युटरसहित तीनैजनालाई अहिले इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतमा राखिएको छ । घटनामा अन्यको पनि संलग्नता रहेकाले खोजिकार्य जारी रहेको र पक्राउ परकाहरुमाथि अनुसन्धान भइरहेको इन्सपेक्टर सुनारले बताए ।