आज देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ३० गते।

आज देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार  प्रदेश नं १,  बागमती प्रदेश , गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकोकाले यसको प्रभाव तराई भेगमा बढी पर्ने शाखाले जनाएको छ। 

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। 

पहाडी भू- भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान शाखाले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *