अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ३० गते।
कोरोना खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र अब अनलाइनबाटै लिन सक्ने भएको छ।
शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै क्यूआर कोडसहितको प्रमाणपत्र अनलाइनबाटै लिन सकिने जानकारी गराएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको https://vaccine.mohp.gov.np/ अनलाइन प्रणालीमार्फत् खोप लगाएको विवरण प्रविष्टि गरी आवश्यक कागजात अपलोड गरी प्रमाणपत्र लिन मिल्नेछ।
खोप कार्ड, राहदानी नम्बर अनलाइन फार्ममा रहेको कबुलियतनामाको नमूना अपलोड गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

अपलोड भएपछि उल्लेखित कागजात स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनलाइन प्रणालीबाटै स्वतःभेरिफाई हुनेछ।
यस विषयमा कुनै समस्या भएमा जनस्वास्थ्य अधिकृत दिपक झालाई मोबाइल नम्बर ९८४३२८४३५२ मा सम्पर्क गर्न भनिएको छ।