अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असोज २७ गते।
मिथिलामा दुर्गा भवानीको ‘र्खोइछ’ भर्ने बिधि अत्यन्त महत्वपूर्ण मानिन्छ ।सप्तमीको साँझदेखि नै ‘र्खोइछ’ भर्ने चलन नै चले अनुसार मंगलवार ग्रामिण भेगमा र कतिपयले राजदेवी मन्दिरमा समेत भरेका छन् । महिलाहरुले अत्यन्त निष्ठापूर्वक उपवासबसी दुर्गाको ‘र्खोइछ’ भर्छन् ।

खुइच भर्न तथा लड्डु चढाउन जनकपुरका प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिर, धनुषा रमदैयाको राजदेबी मन्दिर, महोत्तरीको सोनामाइ मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिर लगायत शक्तिपीठहरुमा श्रद्धालुभक्तजनको भीड लागेको छ ।
बुधबार बिहानसम्म हजारौं महिला महिलाहरुले राजदेवी मन्दिरमा खोइँच भरेका छन् ।
सो भन्दा दोब्बरसंख्यामा लड्डु (पसाद) चढाएको जनाइएको छ । अहिले पनि खोइँच भर्ने तथा प्रसाद चढाउने कार्यक्रम चलिरहेको छ ।
सन्तानको दीर्घायु तथा पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै महिलाहरु खोइँच भर्ने गर्दछन् ।