रुपन्देहीको मोतिपुरमा लगाइएको कर्फ्यू हट्यो

अनलाईन न्युजपाटी,रुपन्देही,समाचारदाता,असोज २७ गते।

रुपन्देहीको मोतिपुरमा लगाइएको कर्फ्यू मंगलबार रातिबाट हट्ने भएको छ ।

झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासनले गत आइतबार अपरान्ह ४ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेको थियो ।

स्थिति सहज हुँदै गएपछि मंगलबार राति १२ बजेदेखि कर्फ्यू हटाउन लागिएको जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गरी जानकारी गराएको छ । प्रशासनले पूर्वतर्फ बुटवल १७ शिवनगरदेखि सौरहिया पुल तथा पश्चिमतर्फ हरिहरपुर, रानीगञ्ज बस्ती तथा वडा नं १८ को औद्योगिक करिडोरको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *