अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असोज २८ गते।
जनकपुरको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यसपाली करिब १४ हजार २ सय ९१ हजार बोकाबली प्रदान गरिएको छ।

बुधबार साँझ ८:०५ मिनेटबाट सुरु भएको बोकाबली प्रदान राति ३:३१ मिनेटसम्म चलेको थियो ।मन्दिरमा बलिको लागि ४ वटा अचानो ( ठेहा ) (बोका बली प्रदान गर्ने काठको बस्तु) को व्यवस्था स्थानीय महावीर युवा कमिटीले गरेको थियो ।

एक मिनेटमा एक ठेहाबाट २५ देखि ३० वटा सम्म बोका बली प्रदान गर्ने व्यवस्था मिलाइएको थियो । यस बापत कमिटीले हरेक बोका काटेको वापत २ सय रुपैयाँ दस्तुर तोकेको थियो ।
बिगत दुई वर्ष देखि कोरोना संक्रमणको कारण बोका बली दिनेको संख्या घटेको थियो भने यो वर्ष २५,००० भन्दा बढी बोका बली चढने अनुमान गरिएको थियो । तर अनुमान भन्दा धेरै कम १४,२९१ बोका बलि प्रदान गरिएको छ ।