अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असोज २८ गते।
आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।
महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
आज दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ ।
देवीका नौ नाम ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएका पौराणिक कथन छ। ती नाम स्मरण मात्र गर्नाले मनुष्य जुनसुकै कष्ट वा संकबाट सजिलैसँग छुट्न सक्छ भन्ने धार्मिक विश्वास छ।
नवरात्रिको पहिलो दिन असोज २१ गते बिहीबार दसैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौ को जमरा राखिएको थियो।
त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो।