अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असोज ३१ गते।
धनुषाको नगराइन नगरपालिका ५ गंगुलीमा एक पुरुषको शव फेला परेको छ ।
सिरहाको मिर्चैया नगरपालिका ८ का संजिव पण्डितको घाँटी रेटेर हत्या भएको अवस्थामा आइतबार बिहान शव फेला परेको हो ।धनुषाका प्रहरी प्रमुख एसपीले जानकारी दिए । उनका अनुसार खुकुरीले घाँटी काटिएको छ । घटनास्थलमा खुकुरी पनि फेला परेको छ ।
मृतक पुरुष सेतो सर्ट र खैरो पैन्ट लगाएका छन् । अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रानाभाटले जानकारी दिए ।