धनगढीमा एकजना युवकको हत्या गरेको आरोपमा २ जना पक्राउ

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,असोज ३१ गते।

धनगढीमा एकजना युवकको हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

हत्या अभियोगमा पक्राउ परेका धनगढी उपमहानगरपालिका-७ बेलीकी २७ वर्षीया अमृता चौधरी र उनका प्रेमी २९ वर्षीय विष्णु चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो।

उनीहरु दुवै जना मिलेर अमृताका श्रीमान समेत रहेका २५ वर्षीय रमेश चौधरीको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षकले जानकारी दिए।

अमृता र विष्णुबीच केही वर्षदेखि प्रेम सम्बन्ध रहेको पाइएको बताउँदै एसपी अधिकारी शुक्रबार राति दुवै जनालाई रमेशले आपत्तीजनक अवस्थामा भेटेपछि घटना भएको जनाए। ‘रमेश चौधरीले आफ्नो घर नजिकै परालको थुप्रोमा दुवै जनालाई राति आपत्तीजनक अवस्थामा देखेको रहेछ।

सो क्रममा आवेगमा आएर विष्णुमाथि कुटपिट गरेको देखिन्छ,’ एसपीले भने, ‘सोही क्रममा विष्णुले प्रतिकार गरेर अमृतासँग मिलेर खेतमा घाँटी थिचेर हत्या गरेको पाइएको छ ।’

उनीहरुले रमेशको हत्या गरिसकेपछि राति नै शव बोकेर खुटिया नदी नजिकैको चौरमा फालेर घटनाबारे कसैलाई नबताउने शर्तमा दुवै जना घरतर्फ लागेको अनुसन्धानका क्रममा पाइएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *