अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर ११ गते।
रेल सेवा शीघ्र सञ्चालनको माग गर्दै धनुषामा स्थानीयवासीले प्रदर्शन गरेका छन् ।
महिनौंदेखि रेल थन्किएको र भौतिक पूर्वाधार लगायतका काम सम्पन्न भइसक्दा पनि सञ्चालनमा नआएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
रेल्वे सञ्चालनका लागि जनकनन्दनी गाउँपालिकास्थित खजुरीमा आन्दोलन गरिएको हो ।
विवाहपञ्चमी अघि नै रेल्वे सञ्चालनका लागि सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलन गरेको हो ।
यसैबीच प्रदेश २ को प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले विवाहपञ्चमी महोत्सव अगावै जनकपुरधाम–जयनगर रेल्वे सञ्चालन गर्नुपर्ने माग गरेको छ ।