डिसेम्बर १५ देखि भारतले नियमित रुपमा अन्तर्राष्ट्रिय हवाइ उडान सुरु गर्ने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर ११ गते।  

भारतले नियमित रुपमा डिसेम्बर १५ देखि अन्तर्राष्ट्रिय हवाइ उडान सुरु गर्ने भएको छ।

कोरोना महामारी बढेपछि गत वर्षको मार्च महिनादेखि अत्यावश्यक वस्तु ढुवानी तथा सुपुर्दगी सेवाबाहेक अन्तर्राष्ट्रिय हवाई उडानमाथि प्रतिबन्ध लगाइएको थियो।

तर, पछिल्लो समय कोरोना संक्रमित घट्न र खोप लगाउनेको संख्या बढ्न थालेपछि प्रतिबन्ध खुकुलो बनाउन थालिएको थियो ।

भारतले डिसेम्बर १५ देखि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान भर्न पाउँदा चीनसहित १४ मुलुकलाई भने प्रतिबन्ध नै लगाइएको छ ।

उडान  भर्न प्रतिबन्ध देशहरूमा चीनसहित फिनल्याण्ड, दक्षिण अफ्रिका, ब्राजिल, बंगलादेश, बोत्स्वाना, मौरिसस, न्यूजिल्याण्ड, बेलायत, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, जिम्बाब्बे र सिंगापुर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *