अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता,पुस १२ गते।
सिरहाको लहान नगरपालिका वडा नम्बर १९ नौडेगामा एक दिने होमयोपोथी औषधीको शिविर संचालन भएको थियो। उक्त शिविरको आयोजना कविर हेल्थकेयर सेन्टर लहान र लाईन्स कल्व अफ लहान फूलवारीद्वारा बृहत निशुल्क स्वास्थ शिविर संचालन भएको छ। क्लबको अध्यक्ष राकेश झाको अध्यक्षतामा सम्पन्न शिविरलाई अध्यक्ष झाले मन्तव्यद्वारा उदघाटन गर्नु भएको थियो।
कार्यक्रममा मन्तव्य क्लबको उपाध्यक्ष शंकर प्रसाद गुप्ता, सचिव श्यामसुन्दर साह नेपाल पत्रकार महाँसघ सिरहा शाखाको पुर्व उपाध्यक्ष शिव कुमार साह,पत्रकार महेश सिंह,प्रदिप सिंह कविर हेल्थ सेन्टर लहानको डा. नवीन यादव लनपा वडा नं १९ को वडा अध्यक्ष मो हकिम लगातका वक्ताहरुले स्वास्थ शिविरको महत्त्ववारेमा चर्चा गर्नु भएको थियो ।
विहान १० वजे देखि वेलुका चार वजेसम्म संचालन भएको शिविरमा ३०५ जनाले उपचार गराएका थिए । स्थानीय देवेन्द्र यादव भन्नुहुन्छ यो शिविर उपलब्धि मूलक भएको छ यहाँ धरै सँघ संस्थाहरु छन् तर यस्तो सेवामूलक काम गर्दैन यो क्लबले घरमै डा बोलाएर उपचार गराई नि:शुल्क Medicine समेत दिएकोले आफुलाई खुशी महसुस भएको कुरा राख्नु भयो ।