अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस १२ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख २३ हजार ६७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या ८ लाख ११ हजार ५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५८६ पुगेको छ।