ए डिभिजन लिग अन्तर्गत आज छैटौं चरणको अन्तिम खेल हुँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस १२ गते।  

ए डिभिजन लिगअन्तर्गत आज छैटौं चरणको अन्तिम खेल हुँदै छ।

छैटौं चरणको अन्तिम खेलमा सातदोबाटो र जावलाखेल युथ क्लबबीच दशरथ रंगशालामा दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ।

सातदोबाटोले लिगमा अहिलेसम्म खेलेको पाँच खेलमध्ये २ खेलमा जित र २ खेलमा बराबरीसहित ८ अंक हात पारेको छ भने जावलाखेलले १ खेलमा जित र १ खेलमा बराबरीसहित ४ अंक हात पारेको छ।

सातौं चरणको खेल आगामी शुक्रबारदेखि सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *