अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,पुस १२ गते।
कोरोना भाइरसको सङ्क्रमण निरन्तर बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनःआजबाट रात्रिकालीन कर्फ्यु लगाइएको छ ।
ओमिक्रोन भेरिअन्टसँग जोडिएका सङ्क्रमणका घटना वृद्धि भएपछि यस्तो घोषणा गरिएको हो।
दिल्ली सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो।
पछिल्लो २४ घण्टामा दिल्लीमा २९० जना नयाँ सङ्क्रमित फेला परेका छन् । दिल्लीमा उक्त सङ्ख्या पछिल्लो ६ महिनायताकै सर्वाधिक भएको बताइएको छ । थप संक्रमण फैलन नदिन दिल्ली सरकारले प्रतिबन्धात्मक कार्यहरु थालेको हो ।
संक्रमण रोक्न दिल्लीबाहेक अरू कैयौँ भारतीय राज्यले पनि रात्रिकालीन निषेधाज्ञा लगाइरहेका छन् ।