अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १८ गते।
कारको ठक्करबाट बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा एउटा पाटे बाघको मृत्यु भएको छ ।
जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई बा१६ च ८११ नम्बरको निजी कारले बिहान सवा ७ बजे ठक्कर दिएको हो ।
जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा कारले बाघलाई ठक्कर दिएको बाराका प्रहरी उपरीक्षकले जानकारी दिए ।
कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । सहायक संरक्षण अधिकृत रमेश कुमार यादवका अनुसार मिश्रलाई हिरासतमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको छ ।