अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १८ गते।
प्रतिनिधिसभा विघटनपछि विभाजन देखिएको नेकपा प्रचण्ड-नेपाल समूहले आज सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ ।
आन्दोलन परिचालन गर्न गठित प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको समितिले अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने नेता हिमाल शर्माले जानकारी दिए ।
यसअघि मंगलबार काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेको प्रचण्ड-नेपाल पक्षले अब दोस्रो चरणमा जनपरिचालन अभियान सञ्चालन गरिने बताएको छ ।
प्रतिनिधिसभा विघटन भए शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बनाएर संयुक्त सरकार चलाउने तथा विघटन भए तालमेल गरेर चुनावमा जान ओली(देउवा सहमत भएको सार्वजनिक भएपछि दाहाल नेपाल समूह संयुक्त आन्दोलनको विकल्पमा पुगेको स्रोतको दाबी छ ।
कार्यक्रम तल्लो वडा तहदेखि केन्द्रसम्म जनपरिचालन गर्ने तयारी नेकपाले गरेको छ ।