लागुऔषध गाँजा सहित १ जना सुनसरीको इटहरीबाट पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १८ गते।

लागुऔषध गाँजा सहित १ जना सुनसरीको इटहरी उप-महानगरपालिका-९ बाट पक्राउ परेका छन् ।

गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले मोरङको केरावारी गाऊँपालिका-१ का २४ बर्षीय मान बहादुर लिम्बुलाई शुक्रबार बिहान राती १ बजे २ केजी ७०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।

साथै लिम्बुले गाँजा ओसार पसारमा प्रयोग गर्दै आएको को १४ प ९२०९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ ।

यसै गरि मोरङ केराबारी-१० खदम खोला स्थित एरियाबाट दुई जना गाँजा सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ केराबारी-७ का १७ बर्षीय बिशेष राई र सोही स्थानका १९ बर्षीय बिपिन लिम्बु रहेका छन ।

उनिहरुलाई ईलाका प्रहरी कार्यालय केराबारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले शुक्रबार बेलुका ६ बजे २ केजी गाँजा सहित पक्राउ गरेको हो ।

यसरी लागुऔषध गाँजा सहित पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *