बाजुराबाट तीन नाल भरुवा बन्दुकसहित चार जना पक्राउ

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,पुस २८ गते।

तीन नाल भरुवा बन्दुकसहित चार जनालाई बाजुराको बडिमालिका नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बडिमालिका नगरपालिका-३ का ४५ वर्षीय नन्दु ल्वार, ४० वर्षीय वीरभाने ल्वार, सोही नगरपालिका-८ का ३० वर्षीय बलबहादुर थापा र ३० वर्षीय डम्बर थापा छन् ।

उनीहरूलाई रजालीबाट तीन नाल भरुवा बन्दुक, बन्दुकमा लाग्ने गोली ३९ टुक्रा, चार डिब्बा बारुद, फलामको बन्दुकको एक थान नाल र चापसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि हातहतियार खरखजना ऐनअनुसार अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *