भारतमा एकै दिनमा थपिए १२ हजार ५८४ नयाँ कोरोना सङ्क्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस २८ गते।

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड चार लाखभन्दा बढी पुगेको छ ।

विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ५८४ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ७९ हजार ९१३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १६७ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५१ हजार ३६४ पुगेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख भन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *