बाघको छालासहित एक जना काठमाडौंबाट पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २८ गते।

बाघको छालासहित एक जना काठमाडौंबाट पक्राउ परेका छन्।                  

महानगरीय अपराध महाशाखाको टोलीले बालाजु क्षेत्रमा बाघको छाला अवैध रूपमा विक्री वितरण हुन लागेको भन्ने सूचना पाएको थियो। 

सोही सूचनाको आधारमा खटिएको विशेष टोलीले वृषराज घलेलाई पक्राउ गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले बताए। 

उनको कोठाबाट ६ फिट २ इन्च लम्बाइ र १ फिट २ चौडाइ भएको छाला बरामद गरेको हो। 

उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले डिभिजन वन कार्यालय काठमाडौंमा पठाउने तयारी गरेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *