नवलपरासीबाट पाच लाख मूल्य बराबरको अवैध मालसामान बरामद

अनलाईन न्युजपाटी उर्मिला यादव ,नवलपरासी,समाचारदाता,माघ १२ गते।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट आइतबार करीब  ५ लाख ४ हजार ४ सय मुल्य बराबर अवैध मालसामान बरामद गरेको छ ।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी बसहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले आज नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १ लाख ५८ हजार ४ सय मुल्य बराबरको ३८ बोरामा १९ क्वीन्टल मटर (केराउ) र ४ बोरामा ८० किलो मुरली मकै प्रतापपुर गाउँपालिका वडा नं. ५ बसहियाबाट बरामद गरेको हो । उक्त मटर (केराउ) र मकै मोटरसाईकलमा राखि लैजादै गर्दा प्रहरी टोलीलाई देखि बोरा फाली मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ । 

त्यसैगरी ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अन्दाजी ३ लाख ४६ हजार मुल्य बराबरको ४६ थान सिलिक पर्दा   र १९ रोलमा ९५० मिटर पोलिष्टर तन्नाको कपडा सुस्ता गांउपालिका वडा नं.१ छघरे स्थित सिसौं घारीबाट बरामद गरेको छ ।

बरामद भएका सम्पुर्ण सामान आवश्यक कारवाहीको लागि आइतबार नै महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *