असंवैधानिक र अलोकतान्त्रिकको विरुद्धको आन्दोलनबाट कहिले पछी हटदैन: काङ्ग्रेस नेता यादव

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,  माघ १२ गते।

नेपाली काङ्ग्रेस सिरहाले जिल्लाभरी संसद विघटनको विरोधमा कार्यक्रमको आयोजना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलिले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै देश भरि विभिन्न पार्टीका राजनीति प्रतिनिधिहरुले आन्दोलनमा उत्रिएका छन्।

नेपाली काङ्ग्रेस ले सिरहा लगायत देश भरी बिरोध प्रदर्शन गरेका छन् । देश भरिमा काङ्ग्रेसले गर्दै आएको चरणबध आन्दोलन मध्ये सिरहाको आन्दोलन अग्रनिय र प्रभावकारी  रहेको दरुन दलका युवा नेता बद्री यादवले जानकारी दिनुभयो ।

काँग्रेसले संसद विघटनको विरोधमा देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरेका। काँग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको छ । उक्त कदमविरुद्ध काँग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा,र  पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शनको आयोजना गरेको तरुण दल सिरहाको युवा नेता बद्री यादवले जानकारी दिनु भयो ।

यस्तो अराजकता सरकारकारको विरुद्वमा तरुण दल सिरहाले चरण बध आन्दोलन गर्न पछाडी न हटने नेता यादवले जानकारी दिनुभयो । काङ्ग्रेसका सम्पुर्ण बिरोधका कार्यक्रम सार्थक र असंवैधानिक र अलोकतान्त्रिकको विरुद्धको आन्दोलनबाट कहिले पछी हटने यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *