अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,फागुन १५ गते।
शनिबार बिहान मोरङको केराबारी गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार दुर्घटनामा इटहरीका गजेन्द्र राईको मृत्यु भएको हो।
कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले गाउँपालिका ५ स्थित पिपल चौकमा तीव्रगतिमा रहेको को २ त ५५०० नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको जानकारी दिए।
दुर्घटनामा ट्याक्टरका सह–चालक इटहरी ३ का १८ वर्षीय राईको मृत्यु भएको प्रहरी निरीक्षक ढकालले बताए। उनका अनुसार दुर्घटनामा ट्याक्टरले किचेर घाइते भएका राईको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा विहान साढे ९ बजे मृत्यु भएको हो।
त्यसैगरि, ट्याक्टरमा रहेका इटहरीकै २२ वर्षीय राजु थापा भने घाइते भएका छन् । प्रहरी निरीक्षक ढकालका अनुसार थापाको पनि गम्भीर अवस्थामा धरानमा उपचार भइरहेको छ।
प्रहरीले ट्याक्टरका चालक इटहरी–३ का २७ वर्षीय राम दर्जीलाई भने आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।