अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन १५ गते।
झापाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मेचीनगर-८ का ३० वर्षीय लिप्सु राजवंशी छन्।
उनलाई लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा शाखाको टोलीले सोही ठाउँबाट १५ ग्राम ब्राउनसुगरसहित शुक्रबार दिउँसो पक्राउ गरेको हो।
चेकजाँचका क्रममा उनलाई ब्राउनसुगर र लागुऔषध तौलने एक थान तराजुसहित पक्राउ गरिएको झापाका प्रहरी उपरीक्षकले बताए।
राजवंशी लागुऔषध किनबेचमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।