अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २० गते।
सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ ।
तोलामा रु ८७ हजार ५०० मा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने रु ८६ हजार ५०० मूल्य निर्धारण भएको छ ।
बुधबार सुनको भाउ पाँच सय रुपैयाँले बढेको थियो । आजका लागि तेजावी सुनको भाउ ८६ हजार ५० रुपैयाँ तोकिएको छ ।
यस्तै चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको महासंघले जनाएको छ । बुधबार १३ सय १५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको प्रतितोला भाउ बिहीबार १२८५ रुपैयाँ तोकिएको छ ।