बाँकेको नरैनापुरमा सोमबार आगलागी हुँदा २२ घर जलेर नष्ट

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २५ गते।

बाँकेको राप्तीपारी नरैनापुर–१ मा सोमबार विहान भएको आगलागीमा २२ वटा घर जलेका छन् ।

सोमबार बिहान ९ बजेबाट सुरु भएको आगलागी १२ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

गाउँपालिकाको दलित बस्ती सुइँयामा भएको आगलागीबाट २२ घर जलेर पूर्णरुपमा नष्ट भएको घटनास्थल पुगेर फर्केका बाँकेका प्रमुख जिल्ला अधिकारीले बताए ।

मनिजर पासीको कच्ची घरबाट लागेको आगो क्रमशः गाउँका अन्य घरमा पनि सल्किएपछि ठूलो क्षति भएको स्थानीयवासीले बताएका छन् ।

दमकल, स्थानीयबासी, सुइया प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरीको टोलीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

सोमबार अपराह्न ५ बजेतिर प्रजिअको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले प्रभावित क्षेत्रमा पुगेर तत्काल प्रति परिवार रु १५ हजारका दरले नगद राहत सहयोग गरेको केन्द्रका सूचना व्यवस्थापन अधिकृतले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *