भारतको कलकत्तामा १३ तले भवनमा सोमबार साँझ आगलागीमा परी ९ जनाको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, फागुन २५ गते।

भारतको कलकत्तामा सोमबार साँझ इस्ट्रन रेलवेजको कार्यालय रहेको १३ तले भवनमा आगलागी भएको छ। आगलागीमा परी ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार जना फायर फाइटर्स, १ जना प्रहरी, १ जना रेलवे  प्रोटेक्सन फोर्सका जवान र एक जना रेल कर्मचारी छन्।

मृत्यु भएका दुई जनाको पहिचान खुल्न सकेको छैन। उनीहरूको शरीर जलेर नचिनिने भएपछि पहिचान खुल्न गाह्रो भएको  छ।

भवनको बाह्रौं तलामा आगलागी भएको थियो। उक्त भवनमा इस्ट्रन रेलवेजको टिकट रिजर्भेसन, सञ्चार र सिंग्नलिङको कार्यालय थियो।

आगलागीको कारण अझै थाहा नभइसकेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *